तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु

तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी चैत १ गतेसम्म सञ्चालन हुनेछ ।

ऋषिङमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै ऋषिङलाई देश तथा विदेशमा परिचित गराउन महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक शम्भु थापाले बताउनुभयो ।

लाङ्घाली युवा क्लब जैसी हटिया तथा विभिन्न आमा समूह, क्लब र सामुदायिक वन उपभोक्ता समितिहरु सहयोगी संस्था रहेको महोत्सवको २० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महोत्सवमा रु १५ लाख बराबरको आर्थिक कारोवार हुने आयोजकको अनुमान छ । कोरोना कहरपछि पहिलो पटक जिल्लामा महोत्सव आयोजना भएको हो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक नाचहरु ज्यानै, ओहोली, झ्याउरे, चुड्का, लाखे, घाटु, पञ्चैबाजा तथा लोकदोहोरी कार्यक्रमहरु मुख्य आकर्षणको रुपमा रहेको छ । यस्तै मगरजातिको लोपोन्मुख रोदीको झलक, रोटेपिङ, मगरजातिको खानाको परिकार पनि महोत्सवका आकर्षणका रुपमा रहेको आयोजकले जनाएको छ ।

ऋषिङमा रानीपोखरी, गढीदरबार, कोटदरबारजस्ता ऐतिहासिकस्थल रहेका छन् भने अजम्बरी माई, दुर्गा भवानी, ज्यामिरे माई, कल्याणदेवी, गड्गेश्वर महादेव मन्दिर र दुबुङ भ्यूटावरलगायतका थुप्रै धार्मिक तथा पर्यटकीयस्थल छन् । महोत्सवले यी स्थलको पनि प्रचारप्रसार हुने विश्वास गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दै तत्कालीन संविधानसभा सदस्य झुलबहादुर आलेले ऋषिङ सांस्कृतिक महोत्सवले ऋषिङको पहिचान स्थापित गर्न सहयोग पुग्ने जनाउँदै स्थानीय वस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले धार्मिक तथा ऐतिहासिक स्थल रहेको ऋषिङको विकासका लागि योजना बनाएर अगाडि बढेको उल्लेख गर्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker