तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि श्रेष्ठ र मिश्र बीच आज चुनावी रस्साकस्सी

तनहुँ उद्योग वाणिज्य संघको १६औं महाधिवेशन अन्तरगत आज शनिबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिदै छ । अध्यक्ष पद बाहेक अन्य पदमा सर्वसम्मत पदाधिकारी चयन भएको छ ।

अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षी उम्मेदवारद्वय चुनावी मैदानमा होमिएका छन् । संघको अध्यक्ष चयनका लागि जिल्लाका ७ वटा बजार इकाइका १ हजार ९५० जनाले मतदान गर्दैछन् । मतदाता आफ्नो पक्षमा पार्नका लागि अध्यक्ष पदका आकंक्षीद्वाय पविन्द्रकुमार श्रेष्ठ र बैकुण्ठनाथ मिश्र व्यापक प्रचारप्रसारमा जुटेका छन् ।

संघमा आवद्ध बजार इकाइहरु मध्ये सबै भन्दा बढि सदस्य संख्य दमौलीमा रहेका छन् । दमौलीमा १ हजार ८५, आँवुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१, बन्दिपुर ४८ जना सदस्य संख्या रहेको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

संघको अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका पविन्द्रकुमार श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका दाबेदार मध्ये श्रेष्ठले यस अगाडि तनहुँ उद्योग वाणिज्य संघको महासचिवको जिम्मेवारी सम्हालि सकेका छन् । एक पटक अध्यक्षको उम्मेदवार समेत बनिसकेका श्रेष्ठ अन्तिम घडीसम्म लोकतान्त्रिक खेमाबाट र्सवसम्मत उम्मेदवार बन्ने रणनीति अपनाए पनि सफल हुन सकेनन् ।

‘आर्थिक समृद्धि, व्यवसायिक एकता, सक्षम नेतृत्व-हाम्रो प्रतिवद्धता’ भन्ने चुनावी नारा बोकेर मैदानमा उत्रिएका श्रेष्ठ चुनावी परिणामा आफ्नो पक्षमा आउने विषयमा निकै नै आशावादी देखिएका छन् । पञ्चायतकालमा कांग्रेस पार्टीलाई श्रेष्ठको परिवारले राम्रै गुन लगाएका कारण श्रेष्ठ दोस्रो पटक उम्मेदवार बन्दै गर्दा पार्टीका नेताहरुलाई समेत नैतिक दबाब पुगेको चर्चा चल्ने गरेको छ ।

यस्तै, उद्योग वाणिज्य संघको अध्यक्ष पद दाबी गर्दै उम्मेदवारी दर्ता गराएका बैकुण्ठनाथ मिश्र वर्तमान कार्य समितिमा प्रथम उपाध्यक्ष हुन । बजार इकाइको सदस्य, उपसभापति, सभापति, जिल्लाको महासचिव प्रथम उपाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका मिश्रले आफ्नो उम्मेदवारी स्वभाविक भएकार जित निश्चित रहेको दाबी गर्छन ।

‘व्यवसायीक एकता, पूर्वाधारको व्यवस्था, प्रस्ट नीति नियम एवं व्यवसायमैत्री वातावरणमानै दिगो आर्थिक विकास सम्भव छ’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका मिश्र इमान्दार र सबै व्यवसायीको पहुँचमा सहज रुपमा पुग्न सक्ने व्यक्ति भएकाले निर्वाचन उनकै पक्षमा बन्ने पनि चर्चा चल्ने गरेको छ ।

त्यस्तै, संघको अध्यक्ष पदका अर्का आकांक्षी अर्जुन अधिकारीले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएका छन् । अधिकारीले उम्मेदवारी फिर्ता लिएसगै श्रेष्ठ र मिश्र बीच चुनावी रस्साकस्सी चल्ने भएको हो । अधिकारीको उम्मेदवारी फिर्ताले श्रेष्ठलाई फाइदा पुग्ने पनि व्यवसायीहरु बीच चर्चा चल्ने गरेको छ ।

संघको अध्यक्ष पद बाहेकका अरु पदमा दमौलीकै व्यवसायीहरु सर्वसम्मत चयन भएसंगै दमौली बाहिराका बजार इकाईहरु थर्पु, डुम्रे, आँबुखैरेनी, विमलनगर, सत्रसयका व्यवसायीहरुलाई संघको कुन पदमा कसरी मनोनित गरिन्छ भन्ने विषय पनि चाँसोको रुपमा हेरिएको छ ।

प्रथम उपाध्यक्षमा इमकुमार, द्वितियमा कुमार सर्वसम्मत

तनहुँ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत भएका छन् । १६औं महाधिवेशनमा उम्मेदवारी दिएका मल्लका पक्षमा अरु आकांक्षीले र्समर्थन जनाए पछि उनी र्सवसम्मत भएका हुन् । सो पदमा उम्मेदवारी दिएका सुरेश पुरीले उम्मेदवारी फिर्ता गरेका हुन् ।

यसैगरी संघको द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत भएका छन् । पदका प्रत्यासी डुम्रेका सुनिल श्रेष्ठ र नेक महमदले उम्मेदवारी फिर्ता लिए पछि मल्ल सर्वसम्मत भएका हुन्। कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र्सवसम्मत भएका छन् । कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका महेन्द्र श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दिनेशकुमार र्सवसम्मत भएका हुन् ।

संघको एसोसिएटमा ओमराज श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि शिवओम मल्ल पनि सर्वसम्मत भएको संघको सचिवालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker