तनहुँमा २ हजार ८३१ जनालाई सुचना तथा परामर्श
भञ्ज्याङ समाचारदाता/दमौली

सुरक्षित आप्रवासन परियोजना (सामी)ले तनहुँको दमौलीमा विहीबार पत्रकारहरु तथा अन्य सरोकारवाला निकायहरुसंग अन्तरक्रिया गरी जिल्लामा सञ्चालन भएका कार्यक्रमका विषयमा जानकारी गराइएको छ । तनहुँको व्यास, भानु शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा सेवा प्रदायक संस्था ग्रामीण शसक्तिकरण समाज तनहुँद्वारा सामी कार्यक्रम संचालनमा गरिएको छ ।
गतवर्षदेखी सञ्चालित यस कार्यक्रमले बैदेशीक रोजगारीको क्रममा श्रम गरेर विदेश जाने सबैभन्दा बढी जिल्लाहरु मध्यमा तनहुँ १८औं नम्बरमा रहेको अवस्था हाल पनि जिल्ला प्रशासन कार्यालय तनहुँबाट दैनिक २५ देखि ३० को संख्यामा राहदानिहरु वितरण भएको बताइएको छ । तनहुँमा परियोजना लागु भएपछि आर्थिक वर्ष २०७७/०७८ हाल सम्ममा सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गतको आप्रवासी स्रोत केन्द्रबाट २ हजार ८३१ जनालाई सुचना तथा परामर्श दिइएको सामीका शैलेन्द्र मिश्रले जानकारी गराए ।
यस्तै स्रोत केन्द्रबाट ८१ जनालाई शिप तालिमको लागि सिफारिस गरिएको छ भने ९२ वटा विभिन्न खालका मुद्दा (ठगी, आर्थिक सहायता, उद्धार, विदेशमा हराएको मृत्यु भएका) लगायतका रहेका रबैदेशीक रोजगारको शिलसिलमा लामो समय विदेश बसेर नेपाल फर्किएका नेपालमा नै स्वरजारको अवसर खोजिरको ७०३ जना अभिलेखमा देखाइएको छ ।
उनिहरुलाई उपयुक्त समयमा स्वरोजगार सम्बन्धी उद्यमशिलता सम्बन्धी तालिमहरुमा सहभागि गराउने लक्ष्य सामीले लिएको बताइएको छ । यो आर्थिक वर्षको हालसम्मको अवधिमा ठगिका १८ मुद्दाहरु सफल भएका छन् । जसबाट ८ लाख ७० हजार सम्बन्धित पीडितहरुले रकम फिर्ता पाएका छन् भने ७८ लाख ७४ हजार ८ सय २८ रुपैयाँ आप्रवासी स्रोत केन्द्रको समन्वय र पहलमा विदेशमा मृत्यु भएका, छात्राबृत्तिहरु वैदेशीक रोजगारको क्रममा विरामी भएका व्यक्तिहरुले पाउन सफल भएका छन् । यस्तै कार्याक्रम संचालन भएका पालिकाहरुमा मनोसामाजिको परामर्श ६१ जनालाई गरिएको छ भने वित्तीय साक्षरता सम्बन्धी कक्षहरु १६ वटा संचालनमा रहेको बताइएको छ ।










