सहिदका अधुरा काम पूरा गर्नुपर्नेमा कांग्रेस सभापति देउवाको जोड

भिमाद : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहिदको योगदान खेर जान नदिने बताएका छन् । उनले सहिदहरूले सुरु गरेका अधुरा कार्यलाई अगाडि बढाउनु आजको जिम्मेवारी भएको समेत बताएका छन् ।

तनहुँको भिमाद नगरपालिकामा मंगलबार आयोजित सहिद कल्याण खनालको २३औं स्मृति सभा तथा शालिक अनावरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री देउवाले सहिदका परिवारलाई सम्मान र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘ज्यान बलिदान दिने साथीहरूको योगदानलाई बिर्सनु हुँदैन । उहाँहरूले छोडेका कामलाई पूरा गर्नुपर्छ र परिवारलाई पनि सम्मान दिनुपर्छ ।’

देउवाले नेपाली कांग्रेसले सहिद परिवारलाई निरन्तर सहयोग गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि यसमा कमी नआउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘तनहुँ २००७ सालदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएको र यहाँका नेताहरूले प्रजातन्त्र तथा गणतन्त्रका लागि महत्वपूर्ण भूमिका खेलेका छन् ।’

कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका कल्याण खनालको परिवारलाई पनि पार्टीतर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दोहोर्याएका थिए ।

सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले भिमाद नगरपालिका–७ शिवालयटोल प्रहरी चौकी नजिक सशस्त्र जनयुद्धको बेला माओवादी आक्रमणबाट ज्यान गुमाएका सहिद कल्याण खनालको अर्धकदको शालिक निर्माण गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker