युवालाई नगरमै स्वरोजगार बनाउन व्यासको “आफ्नै गाउँ फर्की आऊ” कार्यक्रम

दमौली : तनहुँको व्यास नगरपालिकाले मंगलबार ४३औं नगरसभामा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले युवा उद्यमीहरु र नगर भित्रका युवाहरुको व्यवसायिक प्रवर्द्धन एवं स्वरोजगार सृजना गर्ने उद्देश्यले ‘आफ्नै गाउँ फर्की आउ’ कार्याक्रमलाई प्रथामिता दिएर नीति तथा कार्यक्रम ल्याइएको जानकारी गराएका छन् ।
नगरपालिकाको उद्योग, श्रम रोजगारतर्फ वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यमीहरु र नगर भित्रका युवाहरुको व्यवसायिक प्रवद्र्धन एवं स्वरोजगार सृजना गर्न बिना धितो विभिन्न वित्तीय संस्थासँग समन्वय गरी नगरपालिकाको सहभागितामा व्यवसाय सञ्चालन अनुदान एवं सरल ऋण उपलब्ध गराउन सहयोग पु¥याउने गरी ‘आफ्नै गाउँ फर्की आउँ’ भन्ने कार्यक्रम मार्फत विदेशबाट फर्किएर आइ उद्योग व्यवसाय गर्नेलाई शुरुवाती सहयोग कोषको व्यवस्था गरिने उनले जानकारी गराए ।
गरिबी निवारणका लागि लघु उद्योग विकास कार्यक्रम (मेड्पा) मार्फत प्रवद्र्धन गरिएका उद्यमीहरुलाई पूर्वसिकाई मान्यता विधिद्वारा स्थानीयस्तरमानै सीप परीक्षण गर्नका लागि आवश्यक व्यवस्था मिलाउने नीति लिएको नगरपालिकाले नेपाल सरकारको सशर्त कार्यक्रम अन्तर्गत यस नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गरी निरन्तरता दिइने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।
नगरपालिकाले संघ, प्रदेश सरकारसँग समन्वय एवं सहकार्य गरी नवप्रवर्तनीय साझेदारी कार्यक्रम मार्फत उद्यमशीलता विकास गरी रोजगारी सृजना गर्ने, “निजी क्षेत्र लगानीमैत्री” नगरपालिका निर्माण गर्न सार्वजनिक निजी साझेदारिता अवधारणा बमोजिम मानहुँकोट, मादी नदी एकीकृत विकास आयोजना, नारेश्वर ताल निर्माण, शहिद कालिका मन्दिर निर्माण लगायतका योजनाहरुमा सहकार्य गर्ने कार्यक्रम ल्याउने भएको छ । साथै सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि स्थानीय व्यवसायीहरुसँग विस्तृत अन्तरकृया गरी लगानीका लागि आवश्यक कार्य गर्ने भएको छ ।
नगरपालिका भित्र सञ्चालित माटो, ढुङ्गा कटिङ उद्योग, चुन ढुङ्गा उद्योग, विभिन्न स्तरका इट्टा उद्योग, ढुङ्गा र काठजन्य उद्योग लगायतका अन्य उद्योगहरु संघ, प्रदेश र नगरपालिकाको कानुन बमोजिम दर्ता, नियमन र अनुगमन गर्ने कार्यलाई निरन्तरता दिनुका साथै फुटपाथ अतिक्रमणलाई पूर्ण रुपमा निषेध गरी सडक व्यवसायीलाई नगर सुरक्षा र सौन्दर्यतामा असर नपर्ने गरी व्यवस्थित गर्ने नीति ल्याइएको छ ।
यस्तै, उद्योग वाणिज्य संघ तनहुँ, दमौली बजार इकाइ, टोल विकास संस्था र अन्य व्यवसायिक संस्थाहरुसँगको सहकार्यमा व्यवसाय दर्ता, व्यवसाय कर, घरभाडा कर, विज्ञापन कर संकलन कार्यलाई व्यवस्थित गरिने, संकलित रकमबाट बजार क्षेत्रको सुरक्षा, सौन्दर्यताका लागि सहयोग पु¥याउने, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको तथ्याङ्क संकलन गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था मिलाउने, श्रमिक सहायता कक्ष र रोजगार परामर्श केन्द्र स्थापना गरी सम्वद्ध ऐन र कार्यविधि निर्माण गर्ने, शहरी क्षेत्रको सुरक्षाका लागि उद्योग वाणिज्य संघ दमौली बजार इकाइसँग सहकार्य गर्ने, योगदानमा आधारित श्रमिकहरुको सामाजिक सुरक्षा कोष स्थापना गरी श्रमिक सम्मान र सहयोगको कार्यक्रम ल्याउने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।
दीगो शान्ति, सुशासन, समतामूलक विकास र समुन्नति नै व्यास नगरपालिकाको मुल लक्ष्य भएको भन्दै नगरप्रमुख न्यौपानेले भने, ‘नगरपालिकाले नीतिगत, कानुनी र संगठनात्मक पक्षको सवलीकरण गर्दै नगरवासीको सेवामा समर्पित हुँदै आएको छ । संघ, प्रदेशबाट बन्नुपर्ने कानुनी ढिलाई र आयश्रोतमा आएको उतारचढावले नगरपालिकाले अपेक्षित सबै कार्यहरु सम्पन्न गर्न नसकेको आत्मसाथ गर्दै आर्थिक वर्ष २०८२÷०८३ का लागि नगरवासीको आधारभूत आवश्यकता कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, आवास सुविधामा केन्द्रित रही इमान्दारितापूर्वक कृयाशील रहने प्रतिवद्धता छौं ।’
व्यास नगरपालिकाको स्थापनाकालदेखि आजसम्म हासिल गरेका महत्वपूर्ण उपलब्धिहरुको जगमा रही यस नगरपालिकाप्रति नगरवासीको भरोसा, स्थानीयता, कानुनी र श्रोतगत सीमाहरु र आचरणलाई ध्यानमा राखी आ.व. २०८२/०८३ मा व्यास नगरपालिकाले लिने नीति तथा कार्यक्रममा कृषि प्रणालीको रूपान्तरणका लागि कृषि प्रणालीलाई समावेशी बनाउन आवश्यकता अनुरूप कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गर्दै कृषकहरूको क्षमता अभिवृद्धि, उत्पादन विविधीकरण गर्ने कार्यलाई अघि बढाइने नगरप्रमुख न्यौपानले जनाएका छन् ।
स्थान विशेष अनुकूल कृषि विकास कार्यक्रम स्थानीय भौगोलिक, मौसमीय अवस्था र उत्पादन क्षेत्र अनुसार स्थान विशेषमा उपयुक्त खेती प्रणाली र कृषिगत पद्धतिहरूको विकास र बगर खेती प्रवद्र्धन गर्दै आलु, मौरी, सुन्तला, धान आदि पकेट लक्षित कार्यक्रम सञ्चालनमा ल्याउने, तुलनात्मक लाभका वाली वस्तुहरुको पहिचान गरी व्यवसायिक खेती प्रणालीलाई जोड दिई प्रवद्र्धन गर्ने निती ल्याइएको छ ।
सहकार्य र साझेदारी मार्फत कृषि विस्तार गर्ने कार्यक्रम अन्तर्गत नगरपालिकाले संघीय र प्रदेश सरकार, कृषक समूह, कृषि सहकारी तथा निजी क्षेत्र बीच सहकार्य र साझेदारीको माध्यमबाट नगरपालिका भित्रका कृषकहरुको व्यवसायिक प्रवद्र्धनमा जोड दिई महिला एवं विपन्न किसानलाई प्राथमिकता दिने, संघ सरकारसँगको समन्वयमा कृषकहरूको तथ्याङ्क संकलन गरी किसान परिचय पत्र वितरण कार्य अगाडि बढाउने, पशुहरूलाई संक्रामक तथा आर्थिक महत्वका रोगहरूबाट जोगाउन नगरभित्रका सबै वडाहरूमा नियमित, अभियानमुखी तथा पूर्ण खोप कार्यक्रमलाई प्रदेश सरकारसँग समन्वय गरी सहयोग पु¥याउने नीति नगरपालिकाले ल्याएको छ ।
स्थानीय स्रोत उपयोग, समुचित कृषि तथा पशुपालन प्रवद्र्धनका लागि स्थानीय स्तरमा उपलब्ध सामग्री र अन्य प्राकृतिक स्रोतहरूको समुचित उपयोग, प्राविधिक सहयोग र तालिम मार्फत दुध, मासु तथा अन्य पशुजन्य उत्पादन वृद्धि गर्न स्थानीय जातको पशुपालनलाई प्रवद्र्धन गर्ने, कृषकहरूको आवश्यकता एवं मागलाई मध्यनजर गर्दै कृषि एवं पशुपालन सम्बन्धी विभिन्न स्थलगत तालिम सञ्चालन गर्ने, गाईभैंसीमा देखिने बाँझोपन समस्या निवारण गर्न घरदैलो (डोर टु डोर) उपचार शिविर सञ्चालन गरिने भएको छ ।
जलस्रोत, माटो र वातावरणको संरक्षणका लागि साना सिंचाई योजना र जलस्रोत व्यवस्थापन मार्फत उत्पादन क्षमता वृद्धि, माटोको उर्वराशक्ति व्यवस्थापनमा सहयोगका कार्यक्रम सञ्चालन गर्ने, रसायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले माटोको गुणस्तर र मानव स्वास्थ्यमा पर्ने दीर्घकालीन असर न्यून गर्ने उद्देश्यले माटो परीक्षण गरी कृषि चुन, प्राङ्गारिक मल तथा जैविक विषादी प्रयोगलाई प्रोत्साहन गरिने भएको छ ।
उत्पादनमा आधारित अनुदानका लागि नगरपालिकाले सम्भावित क्षेत्रमा च्याउ, पुष्प तथा तरकारी खेतीमा जोड दिई व्यवसायिक प्रवर्द्धनमा सहयोग पु¥याइने, साथै सहकारी तथा सूचीकृत कृषक समूह मार्फत दुध र खसीबोकाको मासु उत्पादनका आधारमा प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
उत्पादन बजारीकरण र सहयोग गर्नका लागि कृषि उत्पादनलाई बजारीकरण गर्न कृषक समूह÷कृषि सहकारी मार्फत बजार पहुँच, संकलन केन्द्र सञ्चालन, प्याकेजिङ र ढुवानी सहयोगका साथै बीउ विजन, मलखाद, औजार आदिमा प्राविधिक र आर्थिक सहयोग पु¥याई वितरण प्रणालीलाई सुदृढ बनाउने कार्यक्रम सञ्चालनमा ल्याउने, कृषि उपजको सुरक्षित भण्डारण एवं मूल्य वृद्धिमा सहयोग भई व्यवस्थित बजारीकरणको लागि वडा नं. ११, गैह्राबारी टोल स्थित शित भण्डारको सञ्चालनलाई प्रभावकारी बनाउने भएको छ ।
विपद् तयारी र अनुकूलन रणनीति अन्तर्गत नगरपालिकाले जलवायु परिवर्तन, रोग, कीरा प्रकोप र विपद् व्यवस्थापनका लागि दीर्घकालीन रणनीति तयार गरी कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वातावरणीय अनुकूल प्रविधिको अवलम्बन गर्दै उत्थानशील कृषि प्रवर्द्धन गर्ने, प्राकृतिक प्रकोप, बाँदर लगायतबाट क्षति व्यहोरेका कृषकहरूलाई व्यवसाय पुनःस्थपनाका लागि सहयोग उपलब्ध गराइने भएको छ ।
गोवर्धन शर्मा कृषि अनुसन्धान केन्द्रलाई आधुनिक कृषि प्रणाली, प्राङ्गारिक खेती प्रणाली विकसित गर्ने कार्यमा संघ र गण्डकी प्रदेशसँग सहकार्य गर्ने नीति लिइएको नगरपालिकाले वडा नं. १० दुम्सीबजारमा सञ्चालनमा आएको कृषि बजार लगायतलाई निरन्तरता एवं विस्तार गरी कृषकहरुको उत्पादन एवं संकलनमा सहयोग पु¥याउने, नगरपालिका भित्र तरकारी उत्पादन पकेट क्षेत्रका रुपमा विकसित गर्ने नीति नगरपालिकाले लिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker