सवारी दुर्घटनामा तनहुँमा दुइ युवकको मृत्यु

भञ्ज्याङ न्यूज

तनहुँमा मंगलबार भएको सवारी दुर्घटनामा परी दुइ जना युवाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका-१३ बस्ने २६ बर्षीय दयाराम मुक्तान र भिमफेदी गाउँपालिका-१ निवासी २३ बर्षीय दीपेश गोल रहेका छन् ।

डुम्रेबाट दमौली तर्फ आउँदै गरेको बा४३प ३०२० नम्बरको मोटरसाइकललाई बिपरीत दिशामा गुडिरहेको ग३च ४१८२ बोलेरोले ठक्कर दिंदा मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

मुक्तानको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker