हावाहुरीले तनहुँमा पाँच लाख बराबरको क्षति

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा शनिबार र आइतबार आएको हावाहुरी सहितको असिनापानीले करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाका विभिन्न ठाउँमा भएको क्षतिको प्रारम्भिक क्षतिको विवरण संकलन गरिएको र उक्त विवरणमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको हो । अहिलेको मौसम प्राकृतिक बिपत्ती मध्येको हावाहुरी पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको हुँदा यसबाट हुनसक्ने बिभिन्न जनधनको क्षति सम्बन्धमा पूर्व सतर्कता अपनाउन तनहुँ प्रहरीले अनुरोध गरेको छ ।

यस्तै, तनहुँमा आइतबार साँझ पख आएको हावाहुरीका कारण भानु नगरपालिका वडा नं. १३ स्थित बसोबास गरिरहेका ११ घरधुरी, वडा नं. ६ मा बसोबास गरिरहेका ५ घरधुरी, वडा नं. १ मा भिमसेन प्राथमिक विद्यालयको छानाको टिन समेत गरी भानु नगरपालिका अन्तर्गत प्रारम्भिक सुचनाको आधारमा करिब ४ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी गराएका छन् । यस्तै, देवघाट गाउँपालिका-३ मा रहेको १ घरधुरी करिब २० हजार रुपैयाँ र बन्दिपुर गाउँपालिका-६ को १ घरधुरीमा करिब २० हजार रुपौयाँ गरी पाँच लाख बिस हजार रुपैयाँ बराबरको क्षति भएको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker