कोरोना संक्रमितलाई औषधी र स्वास्थ्य सामाग्रि
तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा र वडा नं. १ का वडाध्यक्ष भानुभक्त पोख्रेल वडा नं. १ को होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई औषधी र स्वास्थ्य सामाग्रि उपलब्ध गराउँदै । गाउँपालिकाका जनप्रतिनिधिहरु होम आइसोलेशनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न तथा मनोवल उच्च बनाउन घरदैलोमा पुग्ने गरेका छन् । तस्विर : भञ्ज्याङ










