भानु नगरपालिकाद्वारा कक्षा ८ को नतिजा प्रकाशित

भञ्ज्याङ समाचारदाता/भानु

भानु नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ । आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आइतबार बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । कोभिड-१९ को महामारी तथा सोबाट सिर्जित समस्या एवं बन्दाबन्दीका कारण प्रत्यक्ष भौतिक रूपमा उपस्थित भई परीक्षा लिने अवस्था नरहेकोले विद्यालयका त्रैमासिक परीक्षाहरू र आन्तरिक मूल्यांकनको आधारमा प्रधानाध्यापको संयोजकत्वमा गठित विद्यालयस्तरीय परीक्षा समितिको निर्णय बमोजिम विद्यार्थीको मूल्यांकन गरेर नतिजा प्रकाशन गरिएको नगरपालिकाका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए ।

उनले भने, ‘विद्यालयस्तरीय परीक्षा समितिको निर्णयानुसार प्राप्ताङ्क प्रमाणित गरी सफ्टवेयरमा इन्ट्री गरेर नगरपालिकामा प्राप्त हार्डकपि समेतलाई अध्ययन, रूजु र प्रमाणित पश्चात तोकिएको योग्यता र आवश्यक कागजातहरू हेरेर परीक्षा समितिले नतिजा प्रकाशन गरेको हो ।’

कूल सम्मिलित ७८९ परीक्षार्थीहरू मध्ये ६० जनाले २ देखि २.९ जिपिए, २.४ देखि २.७९ जिपिए २५२ जना, २.८ देखि ३.१९ जिपिए १३७ जना, ३.६ देखि ३.९९ जिपिए ८४ जना र ४ जिपिए ३ जनाले प्राप्त गरेका छन् ।

यस्तै, नगरपालिकाले यस पटकको परीक्षामा स्तरवृद्धिका लागि मौका परीक्षाको व्यवस्था गरेको छैन । यदि कुनै विद्यार्थीको कुनै विवरण सँच्याउनु परेमा नतिजा प्रकाशन भएको मितिले ६ महिना भित्र सम्बन्धित विद्यालय र वडा कार्यालयको सिफारिस साथ निवेदन दिनुपर्ने नगर शिक्षा अधिकारी पौडेलले बताए ।

‘प्रकाशित नतिजा बमोजिम विद्यार्थीको मार्कलेजर र ग्रेडसिट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट बितरण भैरहेको छ । सोको लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापक विद्यालयको छाप समेत लिई उपस्थित हुन अनुरोध गरेका छौं’, उनले भने, ‘आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को लागि विद्यार्थी मुल्यांकन, तथ्यांक प्रबिष्टि, प्रमाणीकरण तथा अन्य विविध पक्षमा विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षक तथा कर्मचारी, विद्यार्थी, अभिभावक, सफ्टवेयर सञ्चालक प्राविधिक, शाखाका सबै कर्मचारीहरू लगायत सबैमा हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker