हेफर इन्टरनेशनल नेपालद्वारा तनहुँका चार स्थानीय तहको कोभिड कोषमा रु २७ लाख सहयोग

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो ।

हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई रु १५ लाख सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभयो ।

उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो । थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी भिमाद नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ । माझकोट महिला बहुउद्देश्यीय सहकारी संस्था, अतिप्रिय सामाजिक उद्यमी सहकारी संस्था, अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । माझकोटकी अध्यक्ष सङ्गीता राना, अतिप्रियकी अध्यक्ष देवी मोक्तान आले र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष मनुमाया श्रेष्ठले नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै हेफरको कार्यक्रम सञ्चालित पालिकामा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । नगरप्रमुख थापाले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शुक्लागण्डकीको कोभिड कोषमा सहयोग रकम हस्तान्तरण गरिदै ।

यस्तै हेफर इन्टरनेशनल नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र आधारशीला सामाजिक महिला उद्यमी सहकारीको त्रिपक्षीय साझेदारीमार्फत व्यास नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ । हेफरका कार्यक्रम अधिकृत भट्टराई, नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष श्रेष्ठ र सहकारीका प्रबन्धक नवीन सुर्खालीले उक्त रकमको चेक नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

नगरप्रमुख न्यौपानेले हेफरको सहयोगप्रति आभार व्यक्त गर्दै प्राप्त रकम कोभिड सङ्क्रमितको उपचारमा खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले हेफरजस्तै अन्य गैरसरकारी संस्थाबाट पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

यसैगरी हेफर नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र दिदीबहिनी महिला सहकारी थप्रेकको त्रिपक्षीय साझेदारीमार्फत शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरिएको छ । नगरपालिकाका उपप्रमुख सविता रसाइलीले सहयोगलाई सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

हेफर इन्टरनेशन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा तनहुँमा तीन वर्षदेखि पशु वस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना कार्यक्रम सञ्चालित छ । नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले महामारीका रूपमा फैलिएको कोरोना न्यूनीकरणका लागि गैरसरकारी संस्थाको तर्फबाट सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । पौडेलका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकालाई पनि रु चार÷चार लाख र मस्र्याङ्दी गाउँपालिकालाई रु दुई लाख सहयोग गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker