बन्दाबन्दीका कारण हाँस बिक्री नहुँदा व्यवसायी चिन्तित

बिक्रीको लागि तयारी अवस्थामा पुगेको हाँस बन्दाबन्दीका कारण बिक्री नहुँदा यहाँका हाँस व्यवसायीलाई चिन्तित बनाएको छ । व्यासनगरपालिका–१३ निवासी इश्वराज पन्थले पाल्नु भएको स्थानीय हाँस आफ्नो फार्ममा अझै बिक्री नभएर फार्ममा रहँदा उहाँलाई चिन्ताले पिरलेको छ । उहाँको फार्ममा करिब रु.एक करोड बीस लाख बराबरको हाँस बिक्री हुन नसकेर रहेको छ ।

शुरुमा दश हजार हाँस राख्नुभएका उहाँकोमा अहिले करिब सात हजार हाराहारी हाँस छन् । निषेधाज्ञा नखुल्दा दैनिक रु.५० हजार बढीको दाना खुवाएर पाल्नुपर्ने बाध्यता छ । पटक पटक निषेधाज्ञाको अवधि थपिदै जाँदा हाँसलाई दाना खुवाउन समेत धौ धौ भएको छ । उहाँले भन्नुभयो, “अघाउने गरी दाना दिने हो भने दिनमै सवा लाखको दाना खाइदिन्छ, त्यसैले जेनतेन तरिकाले पाल्नुपरेको छ ।”

दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आव्हान गरेपछि बजारका होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

किसान पन्थले दुई वटा फार्म दर्ता गरी सोही वडाको गुँदीमा कडकनाथ कुखुरा दुई हजार र टर्की पाँच सय पाल्नुभएको छ भने सोही वडाको पोखरीभञ्ज्याङमा दुई लाख माछा र आठ हजार हाँस छुट्टाछुट्टै तरिकाले पाल्दै आउनुभएको छ ।

दुई स्थानमा बस्ने घर निर्माण, जग्गा खरीद र फार्मको लागि आवश्यक संरचना निर्माण गर्दा करिब रु.१४ करोडको लगानी गरी फार्म सञ्चालनमा ल्याइए पनि पहिलो गाँसमै ढुङ्गा लागे जस्तो भएको पन्थले बताउनुभयो ।

किसान पन्थले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी दुई वटा फार्म सञ्चालन गरी व्यावसायीक रुपमा व्यवसाय थाल्नुभएको हो । बन्दाबन्दी पश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबुकमा बिक्रीको लागि राखेपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म खुद्रा मासु बिक्री हुने गरेको छ । बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत कठिनाई भोग्नुपरेको किसान पन्थले बताउनुभयो ।

हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो अर्डर लिएर बेलुका घरघरमा पु¥याइदिने गरिएको छ । उहाँले भन्नुभयो, “दाना खुवाउन पनि समस्या हुनथालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो ।” निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हुदैन्थ्यो ।

उहाँले भन्नुभयो, “होटल तथा रेष्टुरेन्टहरुमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।” केही हाँसको मासुलाई घरेलु जडिबुटी र मसला मिसाएर बनाइएको ७०० ग्राम तयारी प्याकेज सुकुटी रु.एक हजार पाँच सयमा बिक्री गर्ने गरी प्याकेजिङ कार्य समेत अनिता ढकाल पन्थले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker