घुस लिएको अभियोगमा इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी हवल्दार विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमािथ लागेको छ । आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको थियो । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो ।

यस्तै आयोगले सप्तरी नापी कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख हरिचन्द्रर ठाकुरलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ । जग्गाको कित्ताकाट गरिदिने भनी लेखापढी व्यवसायी अरुणुकमार यादवमार्फत ठाकुरले घुस मागेको आयोगको आरोप छ ।

आयोगको इटहरीबाट गएको टोलीले ठाकुरलाई नापी कार्यालयसँगैको चियाखाजा पसलबाट आज पक्राउ गरेको हो । आरोपीको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker