शुक्लागण्डकीको वडाबाटै योजना सम्झौता शुरु

भञ्ज्याङ न्यूज

शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । चालु आर्थिक वर्षमा समयमै योजना सम्पन्न गराउनलाई नगरपालिकाले वडा कार्यालयमै पुगेर योजनाको सम्झौता गर्न थालेको हो ।

पहिलोपटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी-१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैंकका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् ।

वडावासीलाई योजना सम्झौता गर्न नगरपालिकाको केन्द्रमै धाउनुपर्ने परिपाटीको अन्त्य गर्न वडा कार्यालयमै पुगेर योजना सम्झौता गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । यसरी वडा कार्यालयबाट योजना सम्झौता हुँदा योजना कार्यन्वयनमा सहज हुने उनले बताए ।

“नगरपालिकाको कार्यालयबाट नियमित योजना सम्झौता भइरहन्छ । यसपालि नगरपालिकामा वाषिर्क कार्यक्रम कार्यान्वयन पुस्तिका बनाएर काम गरिएको छ । पुस्तिकामा कुन योजना कहिलेसम्म सम्पन्न गर्ने भनेर तोकिएको छ । वडामै गएर योजना सम्झौता गर्दा हामीलाई पनि लक्ष्यअनुसार योजना सम्पन्न गर्नलाई सजिलो हुन्छ”, उनले बताए । वडावासीलाई नगरपालिकाको केन्द्रमा पुग्नपर्ने झन्झट पनि हट्ने लम्सालले बताए।

असारे विकासलाई रोक्न वाषिर्क कार्यक्रम कार्यान्वयन पुस्तिका तयार पारेर काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताउनुभयो। “कुन योजना कहिले, कसरी, कहाँ, कसका लागि गर्ने भनेर पुस्तिकामा उल्लेख छ । योजनाबद्ध तरिकाले काम हुन्छ । कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउँछ । पुँजीगत खर्चको गति पनि बढाउँछ ।

अर्थतन्त्रलाई चलायमान बनाउँछ। तोकिएकै मितिमा काम हुँदा प्रभावकारिता समेत बढ्छ”, बनले बताए। जनतालाई नगरपालिकाको कार्यालयको शाखामा र बैंकमा भौतारिदा भोग्ने सास्ती हटाउनलाई वडामै गएर योजना सम्झौता गर्न थालेको उनले बताए । नगरपालिकाको केन्द्र दुलेगौडाबाट टाढा पर्ने वडा नम्बर १, १०, ११ र १२ को वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उनले जानकारी दिए ।

वडा कार्यालयमै योजना सम्झौता गर्न नगरपालिका आएपछि सेवाग्राहीलाई राहत मिलेको छ । शुक्लागण्डकी-१० मा एकैदिन १८ योजना सम्झौता भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार चालु वर्षा वडाले ३८ योजना सञ्चालन गर्दैछ । यसअगाडि पनि नगरपालिकामा पुगेर सम्झौता भएर केही योजनाको काम सुरु भइसकेको उनले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker