सिलाई व्यवसायी संघ तनहुँको अध्यक्षमा परियार चयन

दमौली : कपडा तथा सिलाई व्यवसायी संघ तनहुँको दोस्रो जिल्ला अधिवेशनबाट राजेन्द्र कुमार परियारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा रमेश सेवा, सचिवमा दिनेश घले, सह–सचिवमा अन्जान परियार र कोषाध्यक्षमा बसन्ती श्रेष्ठ चयन भएका छन् ।
नव–निर्वाचित अध्यक्ष परियारले सबै प्रकारका चुनौतीहरूको सामना गर्दै तनहुँ जिल्लाका कपडा तथा सिलाई व्यवसायीहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ, महासंघका स्थायी समिति सदस्य किसान सेवा, महासंघका विशिष्ट सदस्य नरेन्द्र मित्रकोटी, महिला उद्यमी गण्डकी प्रदेश संयोजक ममता बस्याल, जिल्ला संयोजक बसन्ती श्रेष्ठ र सीप विकास समिति तनहुँका संयोजक रमेश सेवा लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, संघको गतिविधि सञ्चार माध्यममार्फत सम्प्रेषण गरेको योगदानस्वरूप पत्रकार अन्जान परियार तथा संस्थापक अध्यक्ष भेगराम परियार र निवर्तमान अध्यक्ष हरि बहादुर परियारलाई सम्मान गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker