निर्माणको अन्तिम चरणमा सभागृह

जिल्ला सदरमुकाम दमौलीमा निर्माणाधीन सभागृह भवनको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत सभागृह निर्माण भइरहेको हो । विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरुआत भएको भवन कोरोना कहरका कारण ढिलाई भएको छ । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न नहुँदा आगामी चैतसम्म म्याद थप गरिएको छ ।

भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ को लागतमा निर्माण भइरहेको भवन विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडाँैस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सोही ठाउँमा रहेको पुरानो सभागृह भत्काएर विसं २०७४ माघ २८ गतेदेखि भवन निर्माण सुरु भएको थियो । उक्त भवनको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गर्नुभएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । सात सय ५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थल समेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ ।

उक्त भवनको बिहीबार सरोकारवालाको टोलीले अनुगमन गरेको छ । जिल्ला समन्वय समिति (जिसस)का प्रमुख शान्तिरमण वाग्ले, उपप्रमुख पवित्रादेवी पौडेल, आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख झपडबहादुर थापा, इन्जिनियर रामकृष्ण गिरी, रेखा लामिछाने लगायतले भवनको अनुगमन गर्दै हालसम्म भएका प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।

अनुगमनका क्रममा भवनको कामले गति लिएको र निर्माण व्यवसायीले चैतभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जिसस सदस्य एवं प्रवक्ता गल गुरुङले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker