तनहुँबाट वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट
भञ्ज्याङ समाचारदाता/दमौली

यही मंसिर ४ गतेदेखि सञ्चालन हुने वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनौट गरिएको छ । तनहुँ जिल्ला क्रिकेट संघले समिर कडेलको कप्तानीमा २६ जना खेलाडी छनौट गरेको अध्यक्ष तारा राम श्रेष्ठले बताए।
प्रतियोगिताका लागि प्रशान्त सिंग, दिपेश अधिकारी, दिनेश बुडा मगर, उत्सव श्रेष्ठ, अनुप अधिकारी, परिक्षीत ढकाल, सन्दीप पराजुली, पवन बगालभ, आनन्द बिक, सुगम श्रेष्ठ, सचिन अधिकारी, बिनोद नेपाली, अदिप पाण्डेय छनौट भएका छन् ।
यस्तै, प्रतियोगिताको बैकल्पिक खेलाडीहरुमा मनिस बिसुराल, मिलन अर्याल, सन्दिप गुरुङ, पुश्कल गौडेल छन भने टिप प्रशिक्षकमा राजु गुरुङ, टिम व्यवस्थापकमा अमित कैनी रहेको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेको उपस्थितिमा भएको खेलाडी छनौट कार्यक्रममा क्रिकेट संघ गण्डकी प्रदेशका सचिव सुमन कार्की, प्रमुख प्रशिक्षक सुदीप शर्माले खेल र खुलकुदको महत्वका विषयमा चार्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










