दमौलीमा सचिन स्मृति खुल्ला दौड प्रतियोगिता हुने

भञ्ज्याङ समाचारदाता/दमौली

रोट्रयाक्ट क्लब अफ दमौलीले ‘१९औं स्व. रो. सचिन स्मृति खुल्ला दौड प्रतियोगिता’ गर्ने भएको छ । आगामि शनिबार दमौली अनसनचौतारीदेखि छाब्दी बाराही मन्दिरसम्म प्रतियोगिता सञ्चालन गरिने क्लबले जनाएको छ । दौडको दुरी ९ किलोमिटर रहेको आयोजकले जनाएको छ ।

खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने दौड प्रतियोगिताको मुख्य उद्देश्य रहेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले बताए । उक्त दौड प्रतियोगितामा प्रथम, दित्तीय र तृतीय हुनेले क्रमसः रु. १२ हजार १२, रु. १० हजार १० र रु. ८ हजार ८ नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै सान्तवना हुने रु. २ हजार २ पाउनेछन ।

प्रतियोगितामा करिब ५० जना धावकहरुले सहभागिता हुने अनुमान गरिएका कार्यक्रम संयोजक विशाल श्रेष्ठले बताए । दौड रुट दमौलीको अनसन चौतारीबाट सफासडक, पृथ्वी राजमार्ग, गम्बुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरसम्म हुने संयोजक श्रेष्ठले बताए ।

धार्मिक पर्यटकीय स्थल छाब्दी बाराही मन्दिरको प्रचारप्रसार र युवायुवतीलाई प्रोत्सहान गर्न दौड गरिएको क्लबका पुर्वअध्यक्ष मनोज राउतले जानकारी दिए । भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्षदौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

‘स्वार्थ भन्दा माथि सेवा’ एवम् ‘साथित्व र भातृत्व संगै सेवा’ भन्ने मुल नारामा रहि समाजमा सकारात्मक सन्देश जाने विभिन्न गतिवाधिहरु साथ आफ्नो उपस्थिति देखाउँदै आएको रोट्रयाक्ट क्लव अफ दमौलीले हरेक वर्षसचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै आईरहको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker