तनहुँ प्रशासनमा एमआरपी राहदानी फाराम संकलन कार्य बन्द
भञ्ज्याङ न्यूज

विद्युतीय राहदानी लागु नहुँदासम्मको लागि जिल्ला प्रशासन कार्यालय तनहुँले एमआरपी राहदानी फाराम संकलन गर्ने कार्य बन्द गरेको छ । राहदानी विभाग नारायणहिटी काठमाण्डौले जिल्ला प्रशासन कार्यालयबाट एमआरपी फाराम संकलन नगर्न निर्देशन दिएपछि सेवा बन्द गरिएको हो । राहदानी बिभागले मंसिर १ गते देखि बिद्युतीय राहदानी जारी कार्य शुरु गर्न लागेका कारण जिल्ला प्रशासन कार्यालयबाट एमआरपी फाराम नपठाउन जिल्लालाई निर्देशन दिएकोले बन्द गरिएको हो ।
उक्त कार्यालयबाट इपासपोर्ट लागु नभएसम्मको लागि राहदानी फाराम संकलन कार्य बन्द गरिएको व्यहोरा सबैमा जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । विभागले राहदानी फाराम संकलन नगर्न निर्देशन दिएपछि फाराम संकलन कार्य बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।
दु्रत सेवाको लागि अत्यन्त जरुरी भएको कारण र प्रमाण,राष्ट्रिय परिचय पत्रको फाराम भरी प्राप्त भएको नम्बर सहित राहदानी बिभागमा जानको लागि र्सवसाधारणहरुमा अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।










