तनहुँ उद्योग वाणिज्य संघको १७औं महाधिवेशन : अध्यक्षमा वैकुण्ठ, वरिष्ठ उपाध्यक्षमा मल्ल निर्वाचित
भञ्ज्याङन्यूज

तनहुँ उद्योग वाणिज्य संघको १७औं महाधिवेशन अन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
उम्मेदवारी मनोनयन दर्तासंगै संघको अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको अध्यक्ष पदमा मिश्र र मल्लको उम्मेदवारी परेको थियो । मल्लले अध्यक्षबाट उम्मेदवारी फिर्ता गरी वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका सुबोध अधिकारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
अध्यक्षमा निर्वाचित मिश्र अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए । त्यस्तै मल्ल अघिल्लो अधिवेशनमा प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए ।
संघको प्रथम उपाध्यक्षमा कुमार मल्ल, सुरेश पुरी र राजकुमार श्रेष्ठ राकुको उम्मेदवारी परेको निर्वाचन प्रबन्ध समितिका संयोजक डम्बरदेव हड्खलेले बताए ।
द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, शिवओम मल्ल र शकुन्तला आलेको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा भिमलाल श्रेष्ठ, प्रकाशचन्द्र हड्खले र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । यी पदहरुमा पनि र्सवसम्मत निर्वाचित गर्ने गरी पहल थालिएको स्रोतले बताएको छ ।










