तनहुँको आदिकवि भानुभक्त क्याम्पसद्वारा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आदिकवि भानुभक्त क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई कार्यक्रम गरेको छ । कक्षा १२ र ११ का कार्यक्रम संयोजक चिरञ्जीवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रहृमदत्त तिमल्सेना, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कक्षा १२ उतीर्ण विद्यार्थीहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिमल्सेना र उपाध्यक्ष श्रेष्ठले खादा र अबिर लगाएर क्याम्पसका तर्फवाट बधाई दिएका थिए ।










