महोत्सवको छठौ दिन गायक खरेलले महोत्सव तताए
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास-५ पाटनमा जारी प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको छैठौ दिन बुधबार गायक प्रमोद खरेलले महोत्सव स्थल तताएका छन । म बिना मुस्किल छ दमौलीमा आज… भन्दै मन्चमा उभिएका प्रमोदले आधा दर्जन बढी गीतहरु गाएका थिए । गायक खरेलले वे झुमा…, चाहिदैन तिमी बिनाको…, यो कुरा गोप्य नै राखुला.., झ्यालबाट हेर.., बोलका गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए ।
यस्तै, खरेलको साथमा लोक गायिका टिना थापा, स्थानीय कलाकार शंकर परियार, विश्व बुढा, बिन खाती लगायतकाले पनि आ-आफ्ना सांगितक प्रस्तुती गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको छैठौ दिन पनि कपडा, होटल, जुत्ता, ढाका, च्याउका सटलहरुमा दर्शकको भिड लागेको थियो ।
महोत्सवको सातौ दिन बिहीबार महोत्सवमा गायिका प्रिती आलेको प्रस्तुती रहेने आयोजकले जनाएको छ । महोत्सवमा गायिका आलेसंगै स्थानीय कलाकारहरु केशरबहादुर अधिकारी, सुवाष गुरुङ, रमाकान्त ढुंगाना, सावित्री हड्खले लगायतका कलाकारहरुको पनि सांगितक प्रस्तुती रहने बताइएको छ ।










