जलचर तथा जलीय जैविक विविधता सम्वन्धी अन्तरक्रिया

तनहुँको व्यास नगरपालिका-५ मा जलचर तथा जलीय जैविक विविधता सम्बन्धी अन्तरक्रिया गरिएको छ । युएसआईडी वायोडाइभर्सिटीले वडा नं ५ मा उक्त कार्यक्रम गरेको हो । व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमा युमएसआईडी वायोडाइभर्सिटीको प्राविधिक निर्देशक नारायण वेलवासेले सहजिकरण गरेका थिए ।

कार्यक्रममा जलीय जैविक संरक्षण कसरी गर्न सकिन्छ भन्नेमा छलफल भएको थियो । वातावरणीय प्रभावका कारण जलीय जलचर ह्रास हुँदै आएको सन्दर्भमा यसलाई आम समुदाय मिलेर संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने सहभागिहरुले बताएका थिए ।

कार्यक्रममा वेलवासेले जलीय जलचर संरक्षण गर्न टोल र समुदायमा जानुको विकल्प नभएको बताए । वडाध्यक्ष श्रेष्ठले स्थानीय तहले जल, जंगल तथा जलीय प्राणीको संरक्षणका लागि वडाले भुमिका खेलिरहेको बताए । उनले भने ‘सिगो समुदायको सहयोगले मात्र जलीय संरक्षण गर्न सकिने हुँदा सबै हातेमालो गरी लाग्न आवश्यक छ ।’

वडा नं ५ का विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण संस्थाको सिनियर जेसी सुनिल चौधरीले गरेका थिए भने कार्यक्रमको संचालन वडा सचिव बिश्वनाथ पौडेलले गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker