वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडा सचिवमाथ आक्रमण गरेको अभियोगमा प्रक्राउ परेका सोही वडाका वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

आफ्नै वडाका सचिव नवीन भुसाललाई घाँटी ङ्याक्दै झापड हानेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए। गाउँपालिकाले कानुनअनुसार कारबाही गर्न पत्राचार गरेको भए पनि पीडित भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीकै आधारमा प्रहरीले कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए ।

‘कुटपिट र अभद्र व्यवहारमा १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ’, उनले भने । वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङ सचिवमाथि ज्यानै मार्ने धम्कीसहित आक्रमणमा उत्रिएको अरोप पीडितको छ । घटना सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

पीडित भुसालले आफूलाई घाँटीमा थिचेर झ्याम÷झ्याम झापड हानेको र हतियार नै लिएर आउँछु भनेर निस्किएपछि आफू भागेर प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गरेको बताएका थिए। भुसालमाथि आक्रमण भएर घाँटी र गालामा निलडाम भएको थियो भने श्वासप्रश्वासमा समेत समस्या भएपछि बन्दीपुर अस्पतालबाट चितवन मेडिकल कलेजमा उपचारका लागि पठाइएको थियो ।

कर्मचारीहरुले कारबाही नगरेसम्म सेवा नै ठप्प पार्ने बताएका थिए भने मंगलबार देशका विभन्न पालिकाहरुमा हातमा कालोपट्टी बाँधेर घटनाको विरोध गरिरहेका छन् । दोषीमाथि कारबाही गरेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कर्मचारीको माग थियो । कर्मचारीसँग सम्बन्धित संघसंगठनहरूले पनि दाषीमाथि कारबाही गर्न माग गरेका छन् । पक्राउ परेका वडाध्यक्षले भने सोमबार नै खुलेआम सचिवमाथि आक्रमण गरेको प्रतिक्रिया दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker