तनहुँ प्रशासनको आग्रह : ओमिक्रोन भेरियन्ट फैलन नदिन सबै निकायले सहयोग पुर्‍याउनुस्

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रशासन कार्यालय तनहुँले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलन नदिन सबै निकायलाई समन्वय र सहयोग पुर्‍याउन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अुनसार स्वास्थ्य सुरक्षा सम्बन्धी मादण्डहरु पालना गर्न/गराउन प्रशासन कार्यालयले आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको संयोजकत्वमा मंगलबार बसेको बैठकले कोभिड-१९ रोग नियन्त्रण तथा रोकथामका विषयमा छलफल सहित पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्दै कार्यान्वयनमा ल्याउन सबै निकायलाई आग्रह गरिएको छ ।

गृहमन्त्रालयद्वारा आदेश भए अनुसार मंगलबारबाट विद्यालय बन्द गरिएको छ । प्रजिअ अर्यालले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । ‘कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरिएको छ’, उनले भने, ‘सबैले सचेतता अपनाउदै सबै पक्षले कार्यान्वयनमा ल्याउन सके संक्रमणबाट जोगिन सक्छौं, त्यसैले सचेत बनौं ।’

प्रजिअ अर्यालले भने, ‘हालैका दिनमा कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको संक्रमण समेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचाउनका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वाषिर्क बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ, यसलाई सबै पक्षले कार्यान्वयनमा ल्याउनुपर्छ ।’

बिदाको समयमा पनि लक्षित वर्गका बालबालिकालाई खोप लगाउने व्यवस्था गरिएकाले खोप कार्ड सहित स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा जान समेत उनले आग्रह गरे । बिदाको उक्त अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाउन पनि अभिभावकलाई प्रशासनले अनुरोध गरेको छ । बिदाको अवधिमा विद्यालयले सिकाइ सहजीकरण निर्देशिका-२०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउन प्रशासनले भनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker