डुम्रेस्थित नाहाला खोलामा पुल निर्माण

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रेको पिप्पस्थित नाहाला खालामा पुल निर्माण गरिदै । राजमार्गलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत यहाँ एउटा दुई लेनको पुल निर्माण भइसकेको र आर्को दुई लेनको पुल निर्माण कार्यलाई तीब्ररुपमा अगाडि बढाइएको छ ।
राजमार्गको पूर्वी खण्ड (आँवुखैरेनी–जाुमने)मा १३ वटा साना पुल बनिसकेका छन् भने ३ वटा ठूला पुल निर्माणाधीन अवस्थामा छन् । मादी नदी माथिको पुल निर्माण कार्यलाई पनि तीब्र रुपमा अगाडि बढाइएको छ ।
वि.सं. २०२६ मा रेखाङ्कन भएको पृथ्वीराजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा साविक २ लेनमा रहेको सडक चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










