गोविन्दराज जोशीका छोराले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने

नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवस्था नबने स्वतन्त्र उम्मेदवार बन्ने जोशीले बताए । ‘व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बन्छु । कांग्रेसले आधिकारिक उम्मेदवार बनाए पार्टीबाटै उठ्छु,’ जोशीले भने, ‘कांग्रेसले उम्मेदवार नबनाए स्वतन्त्र उम्मेदवार बन्छु ।’

१९९७ मा अध्ययनका लागि अमेरिका गएका उनी १७ वर्ष त्यहाँ बसेर फर्किएका हुन् । टेलिकम्युनिकेशन इन्जिनियर जोशीले काठमाडौंमा एक निजी कलेजमा आवद्ध छन् । जनताको समस्या र त्यसको समाधान गर्ने भिजन भएकाले नै मेयरमा उम्मेदवार बन्न लागेको उनले सुनाए ।

कांग्रेसलाई थोत्रो पसलको संज्ञा दिंदै उनले त्यसलाई सुधार्न चाहेको बताए । ‘मलाई पार्टीले नै उम्मेदवार बनाओस् भन्ने चाहना हो,’ जोशीले भने, ‘नचलेको पसल लिएर सुधार्न खोजेको हुँ । कांग्रेसले उम्मेदवार नबनाए पनि म पछि हटि्दनँ ।’

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । पौडेलका कारण कांग्रेसप्रति वितृष्णा जागेका कार्यकर्तालाई आफूतिर तान्न सकिने उनको आकलन छ ।

आफ्नो उम्मेदवारीमा बुबाको खासै चासो नभएपनि शुभेच्छा भने रहेको उनले सुनाए । आसन्न निर्वाचनमा विजयी हुनेमा आशावादी देखिएका जोशीले पराजित भए पनि तनहुँमै सेवा गर्ने बताए ।व्यास नगरपालिकामा गत निर्वाचनमा नेता रामचन्द्र पौडेल निकट बैकुण्ठ न्यौपाने निर्वाचित भएका थिए ।

यता, संघीय निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रने तयारीका साथ नेता जोशीले अहिले गृहजिल्लामा चरणवद्ध रुपमा आफु निकटका नेता तथा कार्यकर्ता बीच भेटघाट, घरदैलो अभियान चलाउँदै आएका छन् । अनलाइनखबरबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker