नेपाली कांग्रेस व्यास नगर समितिद्वारा प्रतिवद्धता सर्वाजनिक (८८ बुँदे प्रतिवद्धतामा के-के छन ? पूर्णपाठ सहित)
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेस व्यास नगर समितिले स्थानीय निर्वाचनका लागि व्यास नगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । नगर समितिले शुक्रवार दमौलीमा पत्रकार सम्मेलन गरी ८८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
समितिका सभापति सुर्यचन्द्र हड्खलेले घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसको नेतृत्वमा विगत २०४९, २०५४, २०७४ मा निर्वाचित कार्यकालमा भए गरेका कामहरुको उपलब्धीको रक्षा गर्दै ‘विविधतायुक्त गाउँशहर, समृद्ध मेरा व्यास नगर’ भन्ने दीर्घकालित सोचलाई आत्मसाथ गर्दै पुनः नगरबासीको सेवा गर्ने अवसर प्राप्तिको लागि आएको बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको मेयर पदका उम्मेदवार बैकुण्ठ न्यौपानले कुनै पनि नगरवासीको शिर निहुर्याउने काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।
व्यासको निवर्तमान मेयर समेत रहेका न्यौपानेले भने, ‘अघिल्लो पटक निर्वाचित जनप्रतिनिधि भएर आएपछि कुनै पनि विवादित काम नगरेको दावि गर्दै सबैको चाहना र भावाना बुझेर काम गर्ने योजना बनाएको छु ।’
यस्तै, पत्रकारहरुले तपाईको जितको आधार के भन्ने जिज्ञासामा उम्मेदवार न्यौपानेले भने ‘केही आग्रह पूर्वाग्रह र व्यक्तिगत स्वार्थसँग जोडिएको विषय बाहेक कुनै पनि विवादित विषय छैन, यो नै मेरो जीतको आधार हो’ ।
त्यस्तै उपमेयर पदकी उम्मेदवार इन्दिरा दरैले व्यास नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने सन्दर्भमा हरदम लागि पर्ने बताइन् । नगरक्षेत्रमा भएका सडक बालबालिकाको उचित व्यवस्थापन, लैंगिक हिंसामा परेका महिलाहरुको सशक्तिकरणमा विशेष पहल गर्ने प्रतिवद्धता जनाएकी छन् ।










