मतदाताको आशिर्वाद

तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षका उम्मेदवार रत्नादेवी घिमिरे वडा नं. ६ बेलौतेका मतदातासंग आशिर्वाद थाप्दै । आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले समृद्ध र सवल म्याग्दे गाउँपालिका बनाउने हाम्रो प्रतिवद्धता जनाएकाछन् । एमालेका उम्मेदवारहरुले गाउँपालिकाको शिक्षा, स्वास्थ्य तथा सरसफाई, कृषि, यातायात लगायतका क्षेत्रको विकास गर्दै जनतालाई आर्थिक, सामाजिक तथा नेतृत्वदायी भूमिकामा अग्रपंक्तिमा पुर्याउने प्रतिवद्धता जनाएका छन् ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










