तपाई एउटा खुट्टामा कति समय उभिन सक्नुहुन्छ ? नसके मृत्युको खतरा बढी

एजेन्सी

व्यायाम र योग गर्ने बेला धेरैजसो मानिस शरीरमा सन्तुलन स्थापित गर्न सक्दैनन् । तपाईंलाई पनि यस्तै हुन्छ ? यदि हुन्छ भने यो खबर तपाईंका लागि महत्वपूर्ण हुनसक्छ ।

यदि तपाईंलाई पनि एउटा खुट्टामा उभिन समस्या भइरहेको छ भने यो एउटा यस्तो गम्भीर समस्याको संकेत हुनसक्छ जसबारे तपाईंले सोच्नुसमेत भएको छैन होला ।

ब्रिटिश जर्नल अफ स्पोर्टस् मेडिसिनमा छापेको एक अनुसन्धान अनुसार मध्यम आयु वर्ग र वृद्ध–वृद्धा जो १० सेकेन्डका लागि एउटा खुट्टामा सन्तुलन स्थापित गर्न सक्दैनन् भने उनीहरुको मृत्युको खतरा १० वर्षमा लगभग दोब्बर हुने गर्छ ।

तपाईं कति राम्रोसँग आफ्नो शरीरलाई ब्यालेन्स गर्न सक्नुहुन्छ, त्यसमा नै तपाईंको स्वास्थ्यबारे पत्ता लाग्छ । यसअघि भएको अर्को एउटा अनुसन्धानमा जो व्यक्ति एउटा खुट्टामा उभिएर आफ्नो शरीरलाई ब्यालेन्स गर्न सक्दैनन्, उनीहरुमा स्ट्रोकको खतरा असाध्यै धेरै हुने बताइएको छ ।

यसका लागि यूके, अमेरिका, अष्ट्रेलिया, फिनल्याण्ड र ब्राजिलका विज्ञले १२ वर्षसम्मको अनुसन्धान गरेका छन् जसमा मध्यम आयु वर्ग र वृद्ध व्यक्ति जो १० सेकेन्डसम्म एउटा खुट्टामा उभिएर शरीरलाई सन्तुलित बनाउन सक्दैनन् उनीहरुमा १० वर्षमा मृत्युको खतरा दोब्बर बढ्ने गर्छ ।

जो व्यक्ति यो परीक्षणमा फेल भए, उनीहरुको स्वास्थ्य असाध्यै खराब पाइयो । १० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्ने मानिसमा टाइप–टु डायबिटिजको समस्या परीक्षणमा सफल भएका मानिसको तुलनामा बढी नै थियो । यस्ता मानिसमा मोटोपना, उच्च रक्तचाप, मुटुरोगको समस्या धेरै नै देखिने गर्छ ।

अनुसन्धानका प्रमुख शोधकर्ता डाक्टर क्लाडिओ गिल अराजुओले भने, ‘मलाई लाग्छ कि शरीरको खराब सन्तुलनको प्रत्यक्ष सम्बन्ध खराब जीवनशैलीसँग छ । यसको अर्थ यो हो कि यी मानिस शारीरिक रुपमा सक्रिय र व्यायाम गर्दैनन् ।

वृद्ध–वृद्धा धेरैजसो लडेर घाइते हुन्छन् वा उनीहरुको हड्डी भाँच्चिने गर्छ । खराब ब्यालेन्सलाई योसँग जोडेर हेर्न सकिन्छ । उनले भने, ‘मेरो हिसाबले ५१–७५ वर्षका वृद्ध–वृद्धाको रुटिन हेल्थ चेक अपमा ब्यालेन्स टेस्टलाई पनि समावेश गर्नुपर्छ ।’

के भन्छ अनुसन्धान ?

अनुसन्धानमा ५१ देखि ७५ वर्षका कुल १७०२ मानिसलाई समावेश गरिएको छ । यो अनुसन्धान सन् २००८ देखि २०२० सम्म चल्यो । सुरुमा सबै सहभागीलाई कुनै सहाराबिना १० सेकेन्डका लागि खुट्टामा उभिन भनियो । यतिबेला सहभागीलाई एउटा खुट्टालाई अर्को खुट्टाको पछाडि राख्न र दुबै हातलाई साइडमा राख्न भनियो । एउटा खुट्टामा उभिनका लागि उनीहरुलाई तीन मौका मात्रै दिइयो ।

अनुसन्धानका बेला ५ मध्ये १ व्यक्ति परीक्षणमा फेल भए । परीक्षणको १० वर्षभित्र १२३ जनाको विभिन्न कारणले मृत्यु भयो । मृत्यु हुनेमा यस्ता मासिनको संख्या बढी थियो, जो यो परीक्षणमा पास हुन सकेका थिएनन् ।

अनुुसन्धानकर्ताले यो शोधका केही सीमा भएको जानकारी दिँदै यसमा सबै सहभागी ब्राजिलका नागरिक भएको बताए । उनीहरुका अनुसार यो अनुसन्धानको नतिजा अन्य जाती वा देशमा पूर्ण रुपमा लागू नहुन पनि सक्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker