जिसस तनहुँका नवनिर्वाचित प्रमुख सहित पदाधिकारीद्वारा शपथ तथा पदभार ग्रहण

भञ्ज्याङ न्यूज

जिल्ला समन्वय समिति तनहुँका नवनिर्वाचित प्रमुख, उपपमुख तथा सदस्यहरुले शपथ तथा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित प्रमुख शान्तिरमण वाग्लेले सोमबार मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग शपथग्रहण गरेलगत्तै पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै प्रमुख वाग्लेले जिल्लास्थित स्थानीय तहबीच समन्वयकारी भूमिका निर्वाह गर्ने आफूहरुको पहिलो प्राथमिकता रहने प्रतिवद्धता जनाएका छन् ।

उनले भने, ‘समन्वय समितिसँग कार्यकारी अधिकार नभएकाले समन्वय, विकास निर्माणमा सन्तुलन कायम, अनुगमन लगायतका काम आफूहरुको कार्यक्षेत्रभित्र पर्ने हुँदा सोही अनुसार काम गर्नेछौं ।’

समन्वय समितिका प्रमुख वाग्लेलाई समन्वय अधिकारी थमनसिं थापाले पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै वाग्लेले निर्माणाधीन सभागृहमा साउण्ड सिष्टम राख्नका लागि सहयोग गर्न व्यास नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेका छन् ।

यस्तै, समन्वय समितिका उपप्रमुख बासुदेव थापा लगायत सदस्यहरु चिरञ्जीवि ढकाल, पानकुमारी खाँण, तिलादेवी राना, डोलबहादुर सुनार, खिमलाल भण्डारी र लक्ष्मी गुरुङलाई प्रमुख वाग्लेले शपथग्रहण गराएसंग पदभार ग्रहण गरेका छन् ।

शपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले तनहुँमा निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको र निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker