उपाधिका लागि प्रतिस्पर्धा

तनहुँको दमौलीमा हैरान्स क्लव दमौलीले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालय स्तरीय बास्केटबल रनिङशिल्डको उपाधिका लागि छात्रतर्फ प्रतिस्पर्धा गर्दै सत्यवती माध्यमिक विद्यालय र वाराही आवासीय माध्यमिक विद्यालयका खेलाडीहरु ।
प्रतिस्पर्धामा ३७-२४ अंकले सत्यवती विजयी भएको छ । छात्रतर्फ उपाधिसँगै सत्यवतीले रनिङशिल्ड ट्रफीका साथमा नगद रु दश हजार प्राप्त गरेको छ भने उपविजेता वाराहीले नगद रु पाँच हजार प्राप्त गरेको छ ।
यस्तै, छात्रा तर्फको प्रतियोगितामा पराशर माध्यमिक विद्यालय विजयी भएको छ । वाराही माध्यमिक विद्यालयलाई ३५-५ अंकले पराजित पराशरले उपाधि जितेको हो । छात्रातर्फ उपाधिसँगै पराशर माविले रनिङशिल्ड ट्रफीका साथमा नगद रु सात हजार प्राप्त गरेको छ भने उपविजेता वाराहीले नगद रु चार हजार प्राप्त गरेको छ ।
छात्रतर्फ ७ र छात्रातर्फ ३ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा राइजिङ प्लेयर छात्रातर्फ सत्यवती माविका गुरास ठकुरी र छात्रतर्फ सत्यवती शुभम घोषित भएका छन् ।
हाइस्कोरर छात्रातर्फ पराशर माविका सनिषा लामगादे र छात्रतर्फ पराशर माविकै आयुष गुरुङ घोषित भएका छन् । वेष्ट प्लेयरको उपाधि छात्रातर्फपराशर माविकी नेहा चन्द ठकुरी र छात्रतर्फ सत्यवतीका अजय श्रेष्ठले प्राप्त गरे भने अनुशासित टिमको पुरस्कार माया एकेडेमी युनिभर्सले प्राप्त गरेको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ