तनहुँको व्यास-१४ केशवटारका ५६ जनालाई लालपुर्जा वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

नापी कार्यालय तनहुँले व्यास नगरपालिका-१४ केशवटारका ५६ जनालाई गाउँ ब्लक अन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको केशवटार गाउँ विकास समिति अन्तर्गत १३ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५६ जनालाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । कार्यालयले गाउँ ब्लकअन्तर्गत सबै परिवारलाई पुर्जा वितरण गर्ने लक्ष्यका साथ पुर्जा वितरणलाई निरन्तरता दिइरहेको आचार्यले बताउनुभयो । कार्यालयसम्म आउन अप्ठ्यारो हुने भएकाले गाउँमै पुगेर लालपुर्जा वितरण गरिएको उहाँले बताउनुभयो । ‘सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौं’, उहाँले भन्नुभयो ।

तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ । सबै ठाउँको नापी सम्पन्न भइसकेको जनाइएको छ । उहाँका अनुसार साविक मैवलका केही ठाउँमा लालपुर्जा वितरण गर्न बाँकी छ ।

कार्यालयले यो वर्ष ऋषिङ गाउँपालिका-४ भिरकोटका एक सय एक, बन्दीपुर गाउँपालिका-६ धरमपानीका ६५ जनालाई पनि लालपुर्जा वितरण गरिसकेको छ । पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलोपटक नक्सानाप गरिएको थियो ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो । यसैबीच खोलाले बगाएर घाइते भएका बालिकाको उपचारका लागि व्यास नपाले ५० हजार सहयोग उपलब्ध गराएको छ । खोलाले बगाएर घाइते भएकी तनहुँको व्यास नगरपालिका-११ शेरा निवासी चार वर्षीया बालिका युविना थापामगरको उपचारका लागि आर्थिक सहयोग गरिएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker