कोरोना संक्रमण बढ्दै

भञ्ज्याङ समाचारदाता/दमौली

कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ । बुधबार एकै दिन ११३ जनामा संक्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुइ हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनका अनुसार हाल सक्रिय संक्रमणको संख्या ४७१ जना रहेका छन् । विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ ।

यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुइ, भेन्टिलेटरमा एक र दुइ जना सघन उपचार कक्ष -आइसियु)मा उपचार भइरहेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker