दमौलीमा प्रथम मेयर कप

तनहुँको दमौलीमा बुधबारबाट सुरु गरिएको प्रथम मेयर कम फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा दमौलीमा निकालिएको शान्ति पद यात्रामा सहभागिहरु । व्यास नगरपालिका-४ स्थित सितलचोक युवा क्लवले व्यास-३ स्थित विपी वनबाटिका खेल मैदानमा सञ्चालन गरेको प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ नगर पुरस्कार प्रदान गरिने भएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










