दमौली अस्पतालमा डेंगुका विरामीको चाप

तनहुँको दमौली अस्पतालको इमरजेन्सी वर्डमा बुधबार डेंगु संक्रमित विरामीहरुको उपचार गरिदै । चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालको ओपिडी सेवा बन्द भएपनि इमरजेन्सी वर्डमै ओपिडी सञ्चालन गरी विरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।

बुधबारसम्म तनहुँमा १ हजार ९७३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगु संक्रमणका कारण असोज महिनामा मात्रै तनहुँका तीन जना बालबालिकाको मृत्यु भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










