प्रहरीको सचेतनामुलक कार्यक्रम

इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँका प्रहरी टोलीहरु टोलटोलमा पुगेर सचेतनामुलक कार्यक्रम गर्दै । इलाका प्रहरी कार्यालयका टोलीहरुले बन्दीपुर गाउँपालिकाको पानीट्याङ्की, सस्तोपसल, पौवा र भानुचोकमा सडक सवारी सुरक्षा, लागुऔषध, घरेलु हिंसा सम्बन्धी लघुसचेतनामूलक कार्यक्रमका साथै विभिन्न सचेतनामूलक पर्चाहरु बितरण गरेको छ । प्रहरीले ग्रामीण भेगका सवारी साधनमा यात्रा गर्ने यात्रु तथा चालक/सहचालकहरुलाई जोखिम युक्त यात्रा नगर्न/नगराउन सचेत गराएको छ ।

तस्विर : भञ्ज्याङ










