प्रजिअ मार्फत राप्रपा तनहुँले प्रधानमन्त्रीलाई पठायो ४० बुँदे मागपत्र

भञ्ज्याङन्यूज

राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा)ले प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलनमा उत्रिएको राप्रपाका नेताहरुले बुधबार तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फ प्रधानमन्त्रीलाई मागपत्र बुझाएका हुन् । नारावाजी गर्दै जुलुस सहित जिल्ला प्रशासन कार्यालय तनहुँ पुगेका राप्रपाका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी जनादर्न गौतमलाई ४० बुँदे मागपत्र बुझाइएको राप्रपाका तनहुँका अध्यक्ष बिनोद र्घर्तीले बताए ।

अध्यक्ष घर्तीका अनुसार ४० बुँदे मागलाई लिएर राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्दै जाने छ । तर आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउँदै लैजाने उनले बताए । राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शनहरु अगाडि बढाउँदै लैजाने र त्यसलाई उपेक्षा गरियो भने कठोर बन्दै व्रि्रोहसम्म गर्ने जनाएको छ । आन्दोलन उत्कर्षमा पुगे प्रदेशसभा मात्र होइन, प्रतिनिधिसभा पनि त्यागेर जाने राप्रपाले जनाएको छ ।

राप्रपाले अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, र्सवधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दू अधिराज्य, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक, प्रदेश संरचनाको खारेजी र दुइ तहको सरकार-केन्द्र र अधिकारप्राप्त स्थानीय तह, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरूमा एक व्यक्ति दुइ कार्यकाल भन्दा बढि बस्न नपाउने संवैधानिक/कानूनी व्यवस्था, जनप्रतिनिधिहरूको संख्या तथा आवश्यकताभन्दा बढी सरकारी वेतनधारीको संख्यामा कटौती, संवैधानिक निकायहरूको नियुक्तिमा राजनीतिक भागबण्डा हावी नहुने संवैधानिक सुनिश्चितता, सरकारी वेतनधारी तथा पेशागत दलीय भातृ संगठनहरूको खारेजी, कर्मचारी तथा कामदारहरूले सम्झौता वा प्रचलित ऐन-कानुन बमोजिम सेवा-सुविधा पाए नपाएको अनुगमन तथा कार्यान्वयनका लागि विशेष सरकारी निकायको स्थापना लगायतका ४० बुँदे मागपत्र पेश गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker