तीज गीत प्रतियोगितामा नृत्य

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति–४ ले हरितालिका तीज पर्वका अवसरमा सोमबार आयोजना गरेको खुला तीज गीत प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै सहभागि महिलाहरु । उक्त प्रतियोगितामा सहनशील दिदीबहिनी समूह, पोखरा–३२ प्रथम, उज्ज्वल आमा समूह, पोखरा द्वितीय र नेत्रज्योति उज्यालो आमा समूह, भिमाद तृतीय भएका छन् । सिद्धार्थ आमा समूह, कवासे र उन्नति आमा समूह, दुलेगौंडाले सान्त्वना स्थान प्राप्त गरेका छ भने, फुलबारी बालबालिका समूह, खैरेनीटारले उत्कृष्ट नृत्य तथा क्षेत्री समूहले उत्कृष्ट भेषभूषाको पुरस्कार प्राप्त गरेका छन् । तस्विर : भञ्ज्याङ










