स्वास्थ्य स्वयंसेविका : गाउँका डाक्टर !

भञ्ज्याङ न्यूज

जीवनको ऊर्जाशील समय स्वयंसेवामा बित्यो । धेरै आमा र बच्चाको जीवन बच्यो । गाउँ घरमा स्वास्थ्य चेतना प्रदान गर्न महिला स्वास्थ स्वयंसेविकाको भूमिका प्रमुख रहृयो । जिल्लाको व्यास नगरपालिका-११ की ६१ वर्षीया जमुना गुरुङ स्वयंसेविकाको नामले परिचित छिन्।

गाउँघरमा गर्भवती र सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था बुझनेदेखि सरकारले थालनी गर्ने हरेक कार्यक्रम परिचालनमा भूमिका निर्वाह गरिन । व्यास-५ की ५९ वर्षीय सरस्वती मगर यस क्षेत्रमा लागेको २९ वर्षभयो ।

त्यस्तै व्यास-१० की ५० वषर्ीय देवका पौडेलले पनि २२ वर्षेखि यस क्षेत्रमा निरन्तर काम गदै आएकी छिन् । उनी जस्तै व्यास नगरपालिकामा १०५ जना विनापारिश्रमिक यस पेशामा लगातार लागिरहेका छन् ।

उनिहरुले गरिरहेको कामको मुल्याङ्कन गरी सकारात्मक सन्देश दिनुपर्ने भन्दै व्यास नगरपालिकाले सोमबार गुरुङ सहित १४ जना स्वास्थ्य स्वयंसेविकलाई व्यास नगरपालिकाले सम्मान गरेको छ।

१९औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा प्रत्येक वडा बाट १/१ महिलालाई सम्मान गरेर योगदानको कदर गरिएको हो । स्थानीय सरकारले कामको मूल्याङ्कन गरेकोमा महिला स्वास्थ्य स्वयंसेविका खुशी भएका छन । सरस्वती भन्छिन्, ‘समाज र स्थानीय सरकारबाट पाएको सम्मान नै हाम्रो लागि ठूलो सम्पत्ती हो । हामीलाई डाक्टर भन्दा धेरै खुसी लाग्छ ।’

महिला स्वास्थ्य स्वयंसेविकाले मातृ मृत्यु दर घटाउन ठूलो भूमिका निर्वाह गरेको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘गाउँमा डाक्टर जस्तै भूमिका निर्वाह गर्नुभएको छ । स्रोत साधन कम हुँदा पनि उहाँहरुको भूमिका र योग्दान उच्च छ’ । उनले भने, ‘महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका बढाउन स्थानीय सरकारले सहयोग गर्छ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker