तनहुँ वितरण केन्द्रद्वारा रु एक करोड विद्युत बक्यौता संकलन

दमौली : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम सङ्कलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर रु एक करोड २७ लाख १५ हजार सात सय ८६ सङ्कलन गरेको हो ।

उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो। सोमध्ये सात सय आठ जनाले बक्यौता भुक्तानी गरेपछि पुनः जोडिएको छ । सो अवधिभरिको रु ६६ लाख २७ हजार ३३१ बक्यौताबापतको रकम उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

आव २०८०/८१ मा एक हजार ४३६ जना सेवाग्राहीको लाइन काटेर रु दुई करोड ६८ लाख ४५ हजार ७०० सङ्कलन गरिएको केन्द्रले जनाएको छ । रेग्मीका अनुसार सो अवधिमा एक हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने रु तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्न बाँकी थियो ।

केन्द्रले आव २०८१/८२ मा पाँच करोड ३६ लाख ५१४ विद्युत् युनिट बिक्री गरेको छ । आव २०८०/८१ मा पाँच करोड ४० लाख ५९ हजार २१२ विद्युत् युनिट बिक्री भएको थियो । गत आवमा शून्य दशमलव ८४ प्रतिशतले कमी आएको हो ।

केन्द्रले विद्युत् बिक्री गरी आव २०८१/८२ मा रु ५९ करोड ५८ लाख ६९ हजार ४७९ रकम सङ्कलन गरेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३३ हजार ९३६ सङ्कलन भएको थियो ।

चार्जिङ स्टेसनतर्फ १४ ग्राहक सङ्ख्या रहेकामा सात लाख एक हजार २८६ युनिट विद्युत् बिक्री भएको रेग्मीले बताए । सोबापत रु ५३ लाख ३३ हजार ९२९ रकम बिक्री भई रु ५४ करोड ११ लाख ९२५ सङ्कलन भएको थियो । केन्द्रमा एक वर्षको अवधिमा दुई हजार ५०३ ग्राहक थपिएका छन् । थपिएकासहित जिल्लाभर कूल ५३ हजार भन्दा बढी सेवाग्राही पुगेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए ।

उनका अनुसार घरेलुग्राहक दुई हजार २५६, व्यापारिक ३१, गैरव्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ गरी दुई हजार ५०३ सेवाग्राही सङ्ख्या थपिएको छ ।

थपिएका सहित केन्द्रको कार्यक्षेत्रभित्र घरेलुग्राहक ५१ हजार ७५, व्यापारिक तीन सय ५५, गैरव्यापारिक पाँच सय ६७, औद्योगिक सात सय ८१, यातायात (इभी) ११, खानेपानी दुई सय ३२, सिँचाइ तीन सय ८२, धार्मिक तथा सांस्कृतिक दुई सय १९, अस्थायी बत्ती १६, सडक बत्ती दुई सय आठ, सामुदायिक एक र आन्तरिक १३ ग्राहक पुगेका केन्द्रले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker