स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने तयारी, मन्त्री पौडेलका योजना र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् ।

आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी गराए ।

बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने पौडेलले बताए । हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ ।

मन्त्री पौडेलले अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा सञ्चालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने योजना रहेको बताए । सवै कार्ययोजनाको आवश्यक पूर्वाधारको योजनासहित कार्ययोजना तयार रहेको उनको भनाइ छ ।

त्यस्तै औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने, सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरूको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने लगायतका कार्ययोजनासमेत सार्वजनिक गरिएको छ ।

पौडेलले पूर्वस्वास्थ्यमन्त्री, पूर्व स्वास्थ्य सचिव, स्वास्थ्यका विभिन्न सरोकारवाला निकाय र प्रतिनिधि, विज्ञलगायतसँग सुझाव संकलन गरी कार्ययोजना तयार पारेका हुन् ।

स्वास्थ्य क्षेत्रमा मन्त्री पौडेलका प्राथमिकता तथा कार्ययोजना

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker