पालोको पर्खाइ

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा परीक्षण शिविरमा पालोको पर्खाइमा लाम्बद्धा स्थानीय सेवाग्राहीहरु । हिमालाय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तीन दिनसम्म सञ्चालन गरिएको शिविरको तेश्रो दिन ४६८ जनाको आँखा परीक्षण गरिएको छ भने तीन दिनसम्म गरी १ हजार २०९ जनाले सेवा लिएका छन् । शिविरमा छ सय जनालाई चस्मा वितरण गरिएको छ भने ४ जनामा जलविन्दु र ४३ जनालाई मोतिविन्दुको समस्या देखिएकाले थप उपचारका लागि हिमालाय आँखा अस्पताल पोखरा पठाइएको छ । तस्विर : भञ्ज्याङ










