प्रचण्डविरुद्ध रिटको पेसी तोकियो, राष्ट्रपति चुनावकै दिन पहिलो सुनुवाइ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार दायर गरिएको रिटको पेसी तोकिएको छ ।

प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिटको पेसी बिहीबार तोकिएको हो ।

जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जना छन् ।

उक्त रिट उपर पहिलो सुनुवाइ २५ गतेलाई तोकिएको छ । राष्ट्रपति चुनावकै दिन सुनुवाइ हुन लागेको हो ।यसअघि शुक्रबार सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश दिइएको थियो । नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker