स्ववियु निर्वाचन : आदिकविमा विद्यार्थीले लगाए ताला, फर्जी उम्मेदवारी खारेजीको माग

तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि विद्यार्थीहरूले क्याम्पसमा ताला लगाएका छन् ।

विद्यार्थीले आइतबार बेलुका निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका हुन् । स्ववियु सभापति उम्मेदवार गौरव पन्थ र सुनिल मिश्रउपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाइ नभएको भन्दै नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जनाविरुद्ध उजुरी दिएका थिए ।

वीआईसीटीको ९औं सेमेस्टरमा अध्यानरत विद्यार्थी स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थ बीए प्रथम वर्षमा भर्ना भएको भनी प्रकाशित गरिएको र व्यास–१३ (पहाडमा) घर भएकालाई मधेसी भनेर वर्गीकरण गरी भर्ना गरिएकाले भर्ना रोक्का गराउने र उम्मेदवारी खारेज गराउने मागसहित दाबी विरोध गरेको उजुरीमा उल्लेख छ ।

यस्तै, स्ववियु सभापतिका उम्मेदवार सुनिल मिश्रका प्रस्तावक अरुकै समर्थक बसिसकेका कारण दाबी परेको उजुरीमा उल्लेख छ ।

यस्तै, दाबीविरोध उपर छानबिन गरी उम्मेदवारको नामावाली प्रकाशित गर्ने अन्तिम समय फागुन आज ५ बजेसम्म तय भएकोमा उक्त समयावधि थप गरी फागुन भोलि ११ बजेसम्म प्रकाशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker