कांग्रेस व्यास नगरको प्राथमिकता : युवा नेतृत्व, विपद् सेवा र जनसंवाद

दमौली : नेपाली कांग्रेस व्यास नगर कार्यसमितिले पार्टी संगठनलाई जनतासँग जोड्ने र सामाजिक गतिविधिमा सक्रिय बनाउने लक्ष्यसहित युवा नेतृत्व विकास, विपद् व्यवस्थापन र घरदैलो जनसंवादलाई प्राथमिकतामा राखेको छ । नवनिर्वाचित व्यास नगर सभापति तुलसीराम सापकोटाले पदभार ग्रहण गरेसँगै नगर कार्यसमितिले यी तीन कार्यक्रमलाई आफ्नो प्रमुख कार्ययोजनाका रूपमा अघि सारेको हो ।

सोमबार आयोजित नगर कार्यसमितिको पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रममा निवर्तमान सभापति सूर्यचन्द्र हड्खलेले नवनिर्वाचित सभापति सापकोटालाई पद हस्तान्तरण गरेका थिए । हड्खलेको अध्यक्षतामा भएको पहिलो चरणको कार्यक्रममा सापकोटाले पदभार ग्रहण गरेका थिए ।

नवनिर्वाचित सभापति सापकोटाको अध्यक्षतामा सम्पन्न दोस्रो चरणको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रकाश पन्थ प्रमुख अतिथि र केन्द्रीय सदस्य डा. जगदीशचन्द्र पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पार्टीको वर्तमान अवस्था, संगठनभित्रका चुनौती र समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए। अन्य वक्ताहरूले पनि बदलिँदो राजनीतिक परिवेशमा पार्टी संगठनलाई प्रभावकारी बनाउन नेता–कार्यकर्ताबीच एकता, सक्रियता र जनतासँगको सम्बन्ध विस्तार आवश्यक रहेको औँल्याएका थिए ।

नवनिर्वाचित कार्यसमितिले अघि सारेका तीन कार्यक्रममध्ये ३५ वर्षमुनिका क्षेत्रीय प्रतिनिधिलाई समेटेर युवा प्रतिनिधि परिषद् गठन गर्ने योजना छ । यसबाट युवाको नेतृत्व क्षमता विकास गर्नुका साथै पार्टीका निर्णय र गतिविधिमा उनीहरूको सहभागिता बढाउने लक्ष्य राखिएको छ ।

त्यस्तै, नगरभित्र विपद्का समयमा परिचालित हुने ५० सदस्यीय युवा ¥यापिड टास्क फोर्स गठन गरिने भएको छ । नगर सभापति सापकोटाको नेतृत्व तथा समन्वयमा रहने टोलीले बाढी, पहिरो र आगलागीजस्ता विपद्का बेला उद्धार, राहत तथा मानवीय सेवामा सहयोग गर्नेछ । राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय सेवामा परिचालित हुने गरी टोलीको अवधारणा अघि सारिएको कार्यसमितिले जनाएको छ ।

यसैगरी, Úसंवादमा कांग्रेसÚ अभियानअन्तर्गत नगरका सबै वडाका टोल तथा घरघरमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिने भएको छ । पार्टीका सक्रिय सदस्यसँगै निष्क्रिय रहेका तथा पार्टीबाट टाढिएका नेता–कार्यकर्तालाई पुनः संगठनमा जोड्ने र स्थानीय नागरिकका सुझाव, गुनासा तथा अपेक्षा सुन्ने अभियानको उद्देश्य छ ।

पदस्थापना कार्यक्रममा सहभागी नेताहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै संगठन विस्तार र जनविश्वास अभिवृद्धिमा ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । नगर कार्यसमितिका सचिव गौरव पन्थले सञ्चालन गरेको कार्यक्रम चियापानसहित सम्पन्न भएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker