पार्टीभित्र एकता हुन जुरुरी छ : कांग्रेस सभापति देउवा

भञ्ज्याङन्यूज

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकताको खाँचो रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्ला सम्मेलन तथा विपि स्मृती भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको छ’, उनले भने, ‘पार्टी बलियो बनाएर अघि बढ्न सकेमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’

‘अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको आवश्यकता र बाध्यता रहेको छ’, सभापति देउवाले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता छ ।’

सभापति देउवाले समावेशी संविधानका कारण एउटै पार्टीको बहुमत सहजै आउने अवस्था नरहेको हुँदा गठबन्धन गरेर जाँदा कांग्रेस ठूलो शक्तिका रुपमा निर्माण गर्न सकिने बताए ।

‘आफ्नै पार्टी भित्र सच्चा मानवीयता रहयो र मनोमानी हट्यो भने नेपाली कांग्रेसले बहुमत ल्याउन नसकेपनि ठूलो पार्टी बन्छ’, सभापति देउवाले भने, ‘नेता तथा कार्यकर्ताहरु अहिले टिकट र अवसर पाइन भन्दै मनोमानी नगरी इमान्दार बन्न आवश्यक छ ।’

यस्तै, कार्यक्रममा कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन् । उनले देशको प्रमुख समस्या अशिक्षा, गरिबी र भ्रष्टाचार भएकाले यसको अन्त्यका लागि कांग्रेस, एमाले र माओवादी मिल्नुको विकल्प नभएको बताएका छन् ।

तीन दलबीचको एकताबाट मात्र मुलुक समृद्ध हुने बताउँदै मन्त्री गुरुङले विस्तृत शान्ति सम्झौतादेखि हालसम्म भएका उपलब्धी तीन दलको एकताले भएको र त्यो एकता अझै आवश्यक रहेको बताए ।

आठ आना क्षेत्रफलमा करिब दुइ करोड रुपैयाँका लागतमा निर्माण गरिएको भवन उद्घाटन समारोहमा सभापति देउवाले भवन निर्माणका लागि सहयोग गर्ने चन्दादाता एवं जग्गादाताहरुलाई सम्मान गरिएको जिल्ला सभापति जितप्रकाश आलेले बताए ।

कार्यक्रममा पूर्वमहामन्त्री डा शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराइ लगायत कार्यक्रममा सहभागि भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker