हाम्रो बचत सहकारी डुम्रेको नयाँ भवनबाट कारोबार

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर-१ डम्रे बजारमा रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाले आइतबारबाट नयाँ भवनबाट कारोबार सुरु गरेको छ । सहकारीले डुम्रे स्थित नेपाल बैंक भएको भवनबाट कारोबार शुरु गरेको हो ।

नवनिर्मित कार्यालयबाट नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले कारोवार शुभारम्भ गराउँदै सहकारीले व्यवस्थित रुपमा कारोबार गर्न सुझाए ।

सहकारीका अध्यक्ष परशुराम अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष देबी बहादुर बस्नेत, वडा सदस्य प्रेम शाही, नेफ्स्कुन फिल्ड कार्यालय खैरेनीटारका प्रमुख दिपक आचार्य, संस्थाका सल्लाहकार बिक्रम पिया, नेपाल बैक डुम्रेका प्रमुख अमृत सुवेदी लगायतले सहकारीको महत्व र संस्थाले खेल्नु पर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।

सहकारी संस्थामा १ हजार ८२६ जना शेयर सदस्य रहेको लेखा समितिका संयोजक कृष्ण कुमार श्रेष्ठ जानकारी गराए । कोषाध्यक्ष अर्जुन श्रेष्ठले चैत्र मसान्तसम्मको वित्तीय विवरण र्सार्वजनिक गरेको सचिव अनिल प्रजापतिले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker