तनहुँको आँबुखैरेनीमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

सोमबार साँझ करिब ५ः४५ बजे बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा पछाडि सरेर सडकबाट करिब सात मिटर तल नालीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा साँझ ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा सोही ठाउँका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको थियो ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमान्डमा ट्राफिकसहित १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले बोलेरो चालक आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker