भानु नगरपालिकाले हाटबजार सञ्चालन गर्ने

भानु : तनहुँको भानु नगरपालिकाले वैशाख १३ गतेदेखि प्रत्येक  शनिबार हाटबजार सञ्चालन गर्ने भएको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो ।
हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । भानु–२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ–आफ्नो उत्पादन बिक्रीका लागि ल्याउन कृषि तथा पशुपंक्षी शाखाले सबैलाई अनुरोध गरेको छ ।
नगरले सञ्चालन गर्न लागेको हाटबजारले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आयआर्जन वृद्धि गर्ने अपेक्षा लिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । उनले भने, “हाटबजारले कृषक र उपभोक्ताबीच पुलको काम गर्ने विश्वास लिएका छौँ, उपभोक्ताले रोजेको र चाहेको कृषिउपज सहज रूपमा खरिद गर्न सक्नेछन् ।” आवश्यकता अनुसार निश्चित अन्तरालमा हाटबजारलाई निरन्तरता दिने योजना बनाएको उहाँको भनाइ छ ।
कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता तथा उपभोक्तालाई सहज पहुँचमासहित गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्य राखेर हाटबजार सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा गोतामेले जानकारी दिए ।
सम्पूर्ण किसान, उपभोक्ता, व्यवसायी तथा सरोकार भएकालाई हाटबजारको भरपूर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र सहकार्यका लागि कृषि तथा पशुपंक्षी शाखाले अनुरोध गरेको छ ।
यसैबीच, नगरपालिकाले उक्त स्थानमा हाटबजार सञ्चालनमा ल्याएपछि उपलब्धिमूलक भएमा भानु–९ को बाइसजँगारमा पनि हाटबजार सञ्चालन गर्ने तयारी गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker