घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध निर्माण

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू-तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन-पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो ।
तटबन्ध कार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले बताए । वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेकाले तटबन्ध निर्माणपश्चात समस्या हटेको उनले बताए ।
आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेश सरकार पूर्वमन्त्री हरिबहादुर चुमानको पहलमा बस्ती संरक्षणका लागि रु आठ लाख विनियोजन भएको हो । वडाध्यक्ष गुरुङको पहलमा मुग्लिन-पोखरा पूर्वी सडक आयोजनाले १२० र गण्डकी प्रदेश सरकारले ५० मिटर तटबन्ध गरेको खानीखोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णविक्रम थापाले बताए ।
उक्त क्षेत्रमा करिब १५ मिटर गहिराइ र ३० मिटर उचाइको पर्खाल निर्माण गरिएको छ । उनले भने, “खोलामा आउने बाढीबाट कटान रोक्न पर्खाल लगाएका र नलगाएका क्षेत्रमा ठूलाठूला ढुङ्गा राख्ने योजना बनाएका छौँ ।”
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो । उक्त क्षेत्रमा अझै संरक्षण गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker